१३ वर्षीया बालिका बेच्न खोज्ने दुई जना पक्राउ

काठमाडौं । मानव वेचविखन तथा ओसारपसारमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मानव भारत मजतपुर घर भई हाल झापा बिर्तामोड नगरपालिका–५ मुर्तिचोक डेरा गरी बस्ने २३ वर्षीय हिराकुमार सहनी र बारा कोल्वी नगरपालिका–४ सपही बस्ने १९ वर्षीया सिरिसा सिंह महथा रहेका छन् ।
उनीहरूले १३ वर्षीया बालिकालाई वेचविखन गर्ने उद्देश्यले बिराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाँट सिमाक्षेत्रबाट ललाई फकाई भारततर्फ लाँदै गरेको अवस्थामा साना हात नेपाल, विराटनगरको सहयोगमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला अदालत मोरङबाट मानव वेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया