आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने

काठमाडौं । आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा संघीय संसदको तल्लो सदन अर्थात प्रतिनिधिसभाको बैठक बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।

यस्तै, प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया