नम्रता मोडल हन्टमा आबद्ध

काठमाडौं । पूर्वमिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’ मा आवद्ध भएकी छन् । उनी निर्णायकको रुपमा प्रतियोगितामा आबद्ध भएकी हुन् । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले श्रेष्ठ प्रतियोगितामा आबद्ध भएको जानकारी दिए । श्रेष्ठ २०२० की मिस नेपाल बिजेता हुन् ।

प्रतियोगिताको अहिले सातौं संस्करण सुरु चलिरहेको छ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षणसमेत बढ्दो छ । ११ असार अर्थात २५ जुनबाट सुरु हुने प्रतियोगिताको छनोट चरणको अडिसन ९ जुलाईसम्म चल्नेछ । अडिसनबाट छानिएका प्रतियोगीले मात्र फाइनलमा सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताको बिजेताले शीर्ष उपाधिका साथमा नगद ५ लाख बराबरको उपहारसहित १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।
विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

प्रतिक्रिया