रोल्पा । रोल्पामा एक किशोरी मृत फेला परेकी छन् । मृत फेला पर्नेमा रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छन् ।
विक सुतेको कोठामा सर्पसमेत फेला परेकाले सर्पले डसेको हुन सक्ने आशङ्का गरिएको छ । मृतकको शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
विक घरेलु तथा साना उद्योग विकास कार्यालयले सदरमुकाम लिवाङमा सञ्चालन गरेको ब्यूटीपार्लर तालिममा सहभागी थिइन् । उनी कार्यालयको होस्टेलमा बस्दै आएकी थिइन् ।
प्रतिक्रिया