स्वतन्त्र शब्दको अपहरण

विचारविनाका लामिछानेको पार्टी

आजका मितिबाट सार्वजनिक रूपमै स्वतन्त्र शब्दको अपहरण भएको छ । त्यो विदेशमा गएको छैन । नेपालमै कसैको कब्जामा छ । त्यो पनि व्यक्तिको गोजीमा । त्यसलाई अपहरण गरेका हुन्, टेलिभिजन पत्रकारिता छोडेर आएका रवि लामेछानेले । यतिबेला जताततै राजनीतिक दलको हालीमुहाली छ । तर, राजनीतिक पार्टीहरूले पनि छोडेको शब्द थियो, ‘स्वतन्त्र’ । तर अरू कसैले गर्न नसक्ने काम लामिछानेले गरेर देखाएका छन् । त्यो हो, पार्टीको नामाकरण, ‘स्वतन्त्र’ ।


मंगलबार आयोजित घोषणासभामा लामिछानेले आपूmले एक्लै केही गर्न नसक्ने भन्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् । कुनै पनि पार्टीमा नालागेका स्वतन्त्र नागरिक अब स्वतः लामिछानेको उक्त पार्टी सदस्य बन्नेछन् । ‘म कुनै पनि पार्टीमा आबद्ध छैन, म स्वतन्त्र हुँ’ भन्ने अधिकारसमेत उनले खोसेका छन् ।


आफ्नो दलको घोषणामा उनले वाक्पटुताको प्रयोग गर्दै आफ्नो पार्टी कुनै दल वा नेताको विरुद्ध नभएको घोषणा गरे । तर उनका घुमाउरा अभिव्यक्तिले तिनै दलको जरो नउखेली आफ्नो उपचार नहुने स्पष्ट पारे । उनको भाषण सुन्दा लाग्थ्यो, हिन्दी सिनेमाका कलाकार अनिल कपुरको ‘नेपाल संस्करण’ हुँदै छ । हिन्दी सिनेमा ‘नायक’ मा अनिल कपुर राजनीतमा आउनुअघि एक साधारण टेलिभिजन पत्रकार हुन्छन् । उनले मुख्यमन्त्री (अमरिस पुरीको)को अन्तर्वार्ता लिन जाँदा कडा प्रश्न गर्छन् ।

मंगलबार आयोजित घोषणासभामा लामिछानेले आफूले एक्लै केही गर्न नसक्ने भन्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् । कुनै पनि पार्टीमा नालागेका स्वतन्त्र नागरिक अब स्वतः लामिछानेको उक्त पार्टी सदस्य बन्नेछन् । ‘म कुनै पनि पार्टीमा आबद्ध छैन, म स्वतन्त्र हुँ’ भन्ने अधिकारसमेत उनले खोसेका छन् ।


सत्ताले उन्मत्त भएका मुख्यमन्त्री अमरिस पुरीले अनिल कपुरलाई एकदिनका लागि मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्न चुनौती दिन्छन् । संविधान संशोधन गरेर अनिल कपुरलाई मुख्यमन्त्री बनाएपछि प्रदेशमा उनले कायपलट हुने काम गरेर देखाउँछन् ।
राजनीतिक पार्टीहरूको प्रजातन्त्र र गणतन्त्र ल्याउने कुरामा ठूलो योगदान छ । तर त्यसपछि उनीहरूले कहिल्यै पछाडि फर्कनुपर्ला भन्ने कल्पनासमेत गर्न छाडे । पद र कुर्सी स्वभाविक कुरा हो । कुनै पनि क्रान्तिकारी सत्तामा नपुग्दासम्म आपूmलाई जनताको सबैभन्दा ठूलो सेवकका रूपमा प्रस्तुत गर्छन् । तर, पदमा पुगेपछि आफू जनताको सेवक भएको बिर्सन्छन् र तिनै जनतामाथि शासन गर्न थाल्छन् । तिनका भाइ, भतिजा, साला, साली, गर्लफ्रेन्डसम्मको दादागिरी चल्छ । त्यसैले पछिल्लो समय सरकार र कुर्सी भ्रष्टाचार गर्ने अखडामा परिणत हुँदै गयो ।


यहीकारण विस्तारै जनताको भरोसा दलप्रति टुट्न गयो । बेलाबेलामा हन्डर खाए पनि दल र नेताले चेतेनन् । त्यसैकारण ०६१ सालमा जनताको सत्ता राजाले हातमा लिए । दलहरू पखामा पछारिएका पाहाजस्ता बने । उनीहरू लामो समय सडकमा आउने हिम्मतसम्म गर्न सकेनन् । अन्तिममा जनता आफूैँ दलहरूको विकल्प खोज्नु भनेको ‘तिर्खा लाग्यो भने विष पिउनुजस्तै हो’ भन्दै फेरि सडकमा ओर्लिए । राजनीतिक दलहरूलाई साथ दिन सडकमा आएर जनताले गणतन्त्र पनि स्थापना गरे । त्यसपछि पनि दलहरूको विचार, विवेक र काम गर्ने शैली फेरि उही पुरानै पारामा गयो ।


पछिल्लो समय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले धमाधम चुनाव जित्नु पनि दलहरूका लागि खतराको घण्टी हो । राजनीतिक दलहरूले यस्तो शैलीलाई नसुधार्ने हो भने नेपालमा दलहरू मात्र होइन, प्रजातन्त्र नै रहन्छ कि रहँदैन भनेर अनेक प्रश्न उठेको छ । फेरि दलहरूसँग कुनै न कुनै राजनीतिक विचार हुन्छ । निश्चित सैद्धान्तिक धरातल हुन्छ । अन्तर्राष्ट्रिय सम्बन्ध हुन्छ । तर, तिनले त्यसको महत्व बिर्संदै गए । उनीहरूका लागि समाजवाद, प्रजातान्त्रिक समाजवाद र त्यसका प्रणेताहरू अहिलेका पुस्ताले प्रयोग गर्ने भाषा ‘कुन ब्रो हो त्यो’ भने जस्तो भएको छ । अहिले नेताको बोली नै पार्टी बन्यो । तीनको आलोचन गर्नु पञ्चायतकालीन राजाको आलोचना गरेजस्तो हुन थाल्यो ।


यसैकारण अहिले स्वतन्त्रहरूको उदय हुन थालेको छ । लमिछानेको उदय पनि एउटा अर्को विचारहीन पार्टीको उदयभन्दा फरक होइन । यसको आदर्श वा अन्तर्राष्ट्रिय सम्बन्ध शून्य छ । यी सबै चक्लेटी र फेसबुकेहरूको प्रतिनिधित्व हो । जहाँ अहिलेको पुस्ताको बाहुल्य छ । उनीहरूलाई देशको क्यान्सर थाहा छैन । बाहिर चिलाएको छालाको कन्याई मराईजस्तो भएको छ । जसरी खहरे उर्लेर आउँछ, त्यसैगरी यस्ता चक्लेटी पार्टीहरू उर्लेर आउँछन् । तर, अन्तिम विकल्प भनेको जरुवा पानीजस्ता दलहरू नै हुन् । तर, उनीहरूको ब्यहोरा सच्चिनुपर्छ ।


राजनीतिमा दलप्रति वितृष्णा देशका लागि खतराको विषय हो । दलका गतिविधिबाट विरक्तिएपछि जनताको ध्यान नेता र व्यक्तित्वतिर जान्छ । त्यो पनि सफल नभएपछि यस्ता चक्लेटी पार्टीका चिल्ला र मिठा कुरामा आकर्षण बढ्नु स्वभाविक हो ।
अहिलेका चक्लेटी नेताहरू, हिजो गणतन्त्र र लोकतान्त्रिक आन्दोलनमा भूमिका नभएकाहरूप्रति भरोसा जाग्न थाल्छ । तर जब तिनिहरूमाथि पनि जनताको आसा मर्छ, तब जनतामा घोर निरासा पैदा हुन्छ । पक्कै पनि यो असफल राज्यको बाटोतर्फको यात्रा हो ।

प्रतिक्रिया