बिचारविनाका लामिछानेको पार्टी, क्यान्सर उपचार छाडेर छालाको कन्याइ

काठमाडौं । आजका मितिबाट सार्वजनिक रुपमामै स्वतन्त्र शब्दको अपहरण भएको छ । त्यो विदेशमा गएको छैन । नेपालमा नै कसैको कब्जामा छ । त्यो पनि व्यक्तिको गोजीमा ।

त्यसलाई अपहरण गरेका छन्– टेलिभिजन पत्रकारिता छोडेर आएका रवि लामेछानेले । राजनीतिक पार्टीहरुले छोडेको शब्द थियो ‘स्वतन्त्र’। तर, अरुले गर्न नसक्ने काम लामिछानेले गरेका छन् । त्यो हो पार्टीको नामाकरण– ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ ।

मंगलबार आयोजित घोषणा सभामा उनले आफूले एक्लै केही गर्न नसक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । कुनै पनि पार्टीमा नालागेका स्वतन्त्र नागरिक अब स्वतः लामिछानेको पार्टी सदस्य बन्ने छन् । ‘म कुनैपनि पार्टीमा छैन, स्वतन्त्र हुँं’ भन्ने अधिकारसमेत उनले छिनेका छन् ।

आफ्नो दलको घोषणामा उनले वाक्पटुताको प्रयोग गर्दै आफ्नो पार्टी कुनै दल वा नेताको विरुद्ध नभएको घोषणा गरे । तर, उनका घुमाउरा अभिव्यक्तिले तिनै दलको जरो नउखेली आफ्नो उपचार नहुने स्पष्ट पारे ।
उनको भाषण सुन्दा लाग्थ्यो– हिन्दी सिनेमाका कलाकार अनिल कपुरको नेपाल संस्करण हुदैछ ।

हिन्दी सिनेमा ‘नायक’ मा अनिल कपुर राजनीतमा आउनुअघि एक साधारण टेलिभिजन पत्रकार हुन्छन् । उनी मुख्यमन्त्री (अमरिस पुरीको) को अन्तरवार्ता लिन जाँंदा कडा प्रश्न गर्छन् । सत्ताले उन्मत्त भएका मुख्यमन्त्रीले एक दिनका लागि त्यो जिम्मेवारी सम्हाल्न चेतावनी दिन्छन् ।

संविधान संशोधन गरेर उनलाई मुख्यमन्त्री बनाएपछि प्रदेशमा उनले कायपलट हुने काम गरेका थिए । राजनीतिक पार्टीहरुको प्रजातन्त्र र गणतन्त्र ल्याउने कुरामा ठूलो योगदान छ । तर, तिनिहरुले त्यो पछि कहिल्यै पछि फर्कनुपर्ला भन्ने कल्पना समेत गर्न छोडे । पद कुर्सी स्वभाविक कुरा हो ।

कुनै पनि क्रान्तिकारी सत्तामा पनि मन्त्री हुने र त्यसअनुसार कार्य सम्पादन गरिरहेका हुन्छन् । तर, पदमा पुगेपछि मन्त्रीले त्यसबाट शाशन गरेनन् । तिनका भाई भतिजा, साला, साली, गर्लफ्रेन्डको दादागिरी चल्यो । सरकार र कुर्सी भ्रष्टाचार गर्ने अखडामा परिणत हुँदै गयो ।

यहीकारण विस्तारै जनताको भरोस दलप्रति टुट्न गयो । तर, बेलाबेलामा हण्डर खाए पनि दल र नेता चेतेनन् । त्यसैकारण २०६१ सालमा जनताको सत्ता राजाले हातमा लिए । दलहरु पखामा पछारिएका पाहाजस्ता बने । उनीहरु लामो समय सडकमा आएनन् ।

अन्तिममा जनता दलहरुको विकल्प खोज्नु भनेको तिर्खा लाग्यो भने विष पिउनु जस्तै हो भन्दै फेरि सडकमा आए । गणतन्त्र स्थापनासम्म गरे । तर, पनि दलहरुको बिचार र विवेक काम गर्ने शैली फेरि उही पुरानै पारामा गयो । अहिले भएका निर्वाचनमा स्वतन्त्रले चुनाव जित्नु पनि दलहरुका लागि खतराको घण्टी हो ।

यस्तै–यस्तै शैलीलाई नसुधार्ने हो भने नेपालमा दलहरु मात्र होइन । प्रजातन्त्र रहन्छ कि रहँर्दैन त्यो अनेक प्रश्न उठेको छ । फेरि दलहरुसँग कुनै न कुनै राजनीतिक बिचार हुन्छ। कुनै सैद्धान्तिक धरातल हुन्छ । अन्तराष्ट्रिय सम्बन्ध हुन्छ । तर, तिनले त्यसको महत्व बिर्सँदै गए ।

उनीहरुका लागि समाजवाद, प्रजातान्त्रि समाजवाद र त्यसका प्रणेतहरु अहिलेको पुस्ताले प्रयोग गर्ने भाषा ‘ कुन ब्रो हो त्यो भने जस्तो भएको छ । अहिले नेताको बोली नै पार्टी बन्यो । तीनको आलोचन गर्नु पञ्चायतकालीन राजाको आलोचना गरे जस्तो हुन थाल्यो ।

यसै कारण अहिले स्वतन्त्रहरुको उदय हुन थालेको छ । लमिछानेको उदय पनि बिचारहिन, पार्टीको उदय हो । यसको आदर्श वा अन्तराष्ट्रिय सम्बन्ध शून्य छ । यी सबै चक्लेटी र फेसबुकेहरुको प्रतिनिधित्व हो । जो अहिलेको पुस्ताको बाहुल्य छ ।

उनीहरुलाई देशको क्यान्सर थाहा छैन । बाहिर चिलाएको छालाको कन्याई मराई जस्तो भएको छ । जसरी खहरे उर्लेर आँउछ, त्यसैगरी अहिले यस्ता चक्लेटी पार्टीहरु उर्लेर आउँछन् । तर, अन्तिम विकल्प भनेको जरुवा पानीजस्ता दलहरुनै हुन् ।

तर, उनीहरुको ब्यहोरा सच्चिनु पर्छ । राजनीतिमा दलप्रति वितृष्ण देशका लागि खतराको विषय हो त्यसपछि मानिसहरुको ध्यान नेता र व्यक्तित्वतिर जान्छ । त्यो पनि सफल नभएपछि यस्ता चक्लेटी पार्टीका चिल्ला र मिठा कुरामा आाकर्षण बढ्छ नै ।

अहिलेका चक्लेटी नेताहरु हिजो गणतन्त्र र लोकतान्त्रिक आन्दोलनमा भूमिका नभएकाहरुप्रति भरोसा जाग्न थाल्छ । तर, जब तिनिहरुमाथि पनि जनताको आसा मर्छ, तब जनतामा घोर निराशा पैदा हुन्छ । यो असफल राज्याको बाटोतर्फको यात्रा हो

प्रतिक्रिया