कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित धानखोलामा पहिराेले बगाउँदा २ जना भारतीय बेपत्ता भएका छन् ।
प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्कने क्रममा पहिराेले बगाएको हो । भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी बेपत्ता भएका हुन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा अचानक आएको पहिराेले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
उनीहरूको खोजि जारी रहेको चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिए ।
प्रतिक्रिया