कुमारी आमाको एक्लो विद्रोह

चमिना भट्टराई

हाम्रो समाज विवाहित महिलाको सन्तानलाई मात्रै बैध ठान्छ । विवाहपूर्व कुनै महिलाले सन्तान जन्माएमा त्यसलाई अवैध ठान्ने मात्रै होइन त्यसको सारा दोष महिलाको टाउकोमा थोपर्छ । महिला एक्लैले चाहेर बच्चा जन्मदैन भन्ने कुरा हामी नजरअन्दाज गर्छौं । यतिबेला तिनै कुमारी आमा अर्थात बलात्कारपछि सन्तान जन्माउन विवश आमा निहारिकाको पीडा छताछुल्ल भएको छ सहरमा । पीडितको भनाइअनुसार धनुषाकी उनलाई १७ वर्षको उमेरमा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरे । बलात्कारपछि उनको गर्भ रह्यो त्यसैबाट जन्मिएको बच्चा अहिले २१ महिनाको भइसकेको छ ।

आमा अनसन बसेको संघीय राजधानीको केन्द्र वसन्तपुर वरपर विन्दास घुमिरहने नाबालकलाई आप्mनी आमाको न पीडा थाहा छ न यहाँ किन बसेको भन्ने बारेमा नै जानकारी । ऊ खेल्न मस्त छ, आमा आफ्ना ददर्नाक पीडा सुनाउन विवश । उनका भोगाइ र पीडा सुन्दा जो कोहीको आँखा रसाउँछन् । हामीले पनि उनका ददर्नाक पीडा सुन्यौँ । आँखा रसाए तिमी बहादुर हौँ तिम्रो लडाइँमा हाम्रो साथ छ भन्यौँ । उनी भित्रभित्रै कति कमजोर भएकी छन्, उनैलाई थाहा होला । उनी उठ्न खोज्थिन तर, शरीर उठेको थिएन, निकै गलेको प्रष्ट थियो उनको शरीर र मन । हामीले उनको आन्दोलन र मागमा ऐक्एबद्धता जाहेर ग¥यौँ, साहासलाई सलाम भन्यौँ । उनको दुःखाइ र भोगाइको पीडा अनुमान त लगाउन सकियो तर चोट त आखिर उनैसँग थियो ।

वसन्तपुरको खुल्ला ठाउँमा नीलो त्रिपालभित्र पल्टिरहेकी निहारिकाको अनुहार थकित थियो । गलेको शरीर र मलिन अनुहारकी उनलाई बोल्न निकै कठिन थियो । तैपनि उनी बोलिन्, ‘मलाई मर्नसँग डर छैन । यहीँ मर्छु घरमा किन मर्ने ? बोली रोकिँदै फेरि उनले भनिन्, ‘मलाई केको लाज, लाज त त्यो बलात्कारीलाई हुन पर्यो नि ! मेरो के गल्ती छ ? कहिलेसम्म म जस्ता छोरीहरूले बलात्कृत भएर पनि लुकेर पीडा सहेर बस्ने ? ती अपराधी खुल्ला समाजमा हिँड्ने ?’ उनको शब्दमा करुणा त थियो नै त्यो भन्दा बढी पीडा

‘बलात्कृत भएपछि म न्यायका लागि कहाँ कहाँसम्म पुगिनँ, जहाँ पुगे पनि मलाई नै गलत देखाइयो । प्रहरी प्रशासनले अनुसन्धानको सुरुआतदेखि नै मेरो मुद्दालाई कमजोर बनाएर लगिदियो । जब म न्यायको लडाइँमा होमिएँ, मैले न्यायालय, प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोगबाट मात्रै असहयोग पाइनँ । म मेरै घरपरिवारबाट पनि तिरस्कृत हुनुप¥यो । जसको परिणति आजका दिनमा साढे दुई वर्षदेखि काठमाडौंमा कोठा भाडा तिरेर बसिरहेकी छु ।’ उनले भेटन आउनेसँग सुनाउने गरेकी छन् । कतिले सुन्छन् जान्छन् । कतिले त्यसलाई ठाउँमा उठाउँछन् कतिले लेख्छन् । कति हिँड्दा हिँडदै बिर्सन्छन् ।

काठमाडौंको वसन्तपुरमा अनशन बसेकी निहारिका सिंह राजपुतले बिहीबार साँझ ७ दिनको अनसन तोडेकी छन् । निहारिकाको मुद्दा उच्च अदालतमा सुनुवाइ अघि बढेको छ । उनको मुद्दामा बिहीबार उच्च अदालत जनकपुरले झगडिया झिकाउने आदेश गरेको छ । उच्च अदालतको संयुक्त इजलासले उनको मुद्दामा प्रतिवादीलाई बयान गर्न झिकाउने आदेश गरेको हो । यो आदेशसँगै मुद्दा अब सुनुवाइमा अघि बढ्ने भएको छ । न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले आरोपित क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरका शिवराज श्रेष्ठलाई झिकाउने आदेश गरेको हो ।

निहारिकाले जिल्ला अदालत धनुषाको फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा ०७६ आश्विन २६ गते जबर्जस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् । जिल्ला अदालतमा पेस भएको कागजमा उनले श्रीमान् भनेर पेस गरेका कारण अदालतले उनको विपक्षमा फैसला सुनाएको थियो । उनले काठमाडौंमा आएर बच्चाको डिएनए परीक्षणको मागसमेत उठाएकी छन् । उनको उक्त माग आगामी पेसीमा इजलाससमक्ष उठाउने तयारी सरकारी पक्षले गरेको छ ।

उनी दुधे बालक च्यापेर कहिले सडकमा उत्रिइन् कहिले अनसन । न्याय पाइन्छ कि भन्ने आश भएका कुनै ठाउँमा जान छुटाइनन् उनले । तर, ती सबै ठाउँबाट पाइन त केवल निराशा र आश्वासन । उनले न्याएका लागि प्रहरी प्रशासनदेखि महिला आयोगको ढोकासम्म ढक्ढक्याए पनि केही सीप नलागेको उनको अनुभव छ । कतैबाट पनि न्याय नपाएपछि अन्तिम विकल्पको रूपमा सडक संघर्षकोे सहारा लिनुपरेको उनले सुनाइन् । न्याय मग्न जाँदा धनुषा जिल्ला अदालतसमेत दोषीकै पक्षमा उभिएको उनको आरोप छ । ‘न्यायको आशमा अदालत गएँ, धनुषा जिल्ला अदालतले ०७८ माघ २४ गते अपराधीको पक्षमा फैसला गरिदियो । अपराधीको पक्षमा आएको फैसला मेरो काखमा रहेको बच्चा र मैले रुँदै सुन्नुको विकल्प थिएन’, उनले गला अवरुद्ध पार्दै भनिन् ।

निहारिका राजनीतिक हस्तक्षेप र सामाजिक उपेक्षासँग अघाएकी छन् । उनले परिवार र छरछिमेकबाट पनि तिरस्कृत भएपछि दुई महिनायता काठमाडौंमै बसेको सुनाइन् । धनुषा उच्च अदालतमा ०७८ फागुन १२ गते सोही मुद्दा दायर गरेको भए पनि अहिलेसम्म पेसी नतोकिएको उनले बताइन् । त्यसमा पनि राजनीतिक चलखेल भएको उनको बुझाइ छ । ‘उच्च अदालतले पनि मेरो मुद्दालाई अल्झाइरहेको छ’, उनले भनिन्, ‘म अदालतको फैसला कुरेर कतिन्जेल बस्ने ?’ उनको प्रमुख माग बच्चा र उनले दोषी ठहर गरेको व्यक्तिको डिएनए परीक्षण गरियोस् भन्ने हो । उनको महत्वपूर्ण कुरा के भने उनले अनुमानको भरमा कसैलाई दोषी करार गर्न भनेकी छैनन्, डिएनए परीक्षणको माग प्रमुख छ उनको ।
वसन्तपुरको खुल्ला ठाउँमा नीलो त्रिपालभित्र पल्टिरहेकी निहारिकाको अनुहार थकित थियो । गलेको शरीर र मलिन अनुहारकी उनलाई बोल्न निकै कठिन थियो । तैपनि उनी बोलिन्, ‘मलाई मर्नसँग डर छैन । यहीँ मर्छु घरमा किन मर्ने ? बोली रोकिँदै फेरि उनले भनिन्, ‘मलाई केको लाज, लाज त त्यो बलात्कारीलाई हुन प¥यो नि ! मेरो के गल्ती छ ? कहिलेसम्म म जस्ता छोरीहरूले बलात्कृत भएर पनि लुकेर पीडा सहेर बस्ने ? ती अपराधी खुल्ला समाजमा हिँड्ने ?’ उनको शब्दमा करुणा त थियो नै त्यो भन्दा बढी पीडा ।

निहारिकाको करुण कथा सुन्ने हामी सबै भावुक भयौँ । उनको वरिपरि सांसद अमृता थापासहित महिला संगठनका नेता थियौँ । उनले आभिभावकलाई जस्तै गरी पीडा सुनाइन् । ‘म कतिपटक महिला आयोग गएँ, पीडा सुनाएँ । ल फोन नम्बर दिनुस् जानुस्, बरु गर्भपतन गर्नुस्, किन बोकेर हिँड्ने यो बच्चा भन्दै हतोत्साहित बनाएर पठाए ।’ उनले न्याय खोज्दाको पीडा सुनाइन् । ‘म यहाँ रहरले होइन बाध्यताले बसेको हो । म जस्ता अरू छोरीले यसरी सडकमा आउन नपरोस् भन्ने मेरो चाहना छ । म न्याय नपाउँदासम्म यहीँ बस्छु, मर्न परे यहीँ मर्छु ।’ न्यायालय प्रशासन र महिला आयोगप्रति उनले तीव्र आक्रोश पोखिन् । ‘मलाई महिला आयोगबाट न्याय पाइएला भन्ने लागेको थियो तर त्यहाँबाट त झन् हतोत्साही बनाउने काम भयो ।’ उनले आफूले भोगेको पीडा सुनाइन् । उनका पीडा सुन्ने लेख्ने मात्रै होइन् न्याय दिनलाउनतिर लाग्नु अहिलेको आवश्यकता हो । हिंसा र अपराधमुक्त समाज निर्माणमा सबैले चासो दिनुपर्छ । यसरी सडकमा आएर मेरो यो सन्तान बलात्कारबाट जन्मिएको हो भन्ने हिम्मत भएका महिला निकै कम पाइन्छ । मधेसकी यी चेलीले यो हिम्मत देखाएकी छन् । घर, समाज र राज्यसँग लडिरहेकी छन् यो सानो कुरो होइन ।

उनको विषय संसद्मा समेत चर्चामा रह्यो । कुनै बहानामा उनलाई न्यायबाट वञ्चित गर्न मिल्दैन । बिहीबार साँझ सरकार र उनका बीचमा पाँच बुँदे सम्झौता भएको छ । त्यो सम्झौताका रूपमा मात्रै सीमित नरहोस् । त्यसलाई कार्यान्वयन गरी निहारिकालाई न्याय दिलाइयोस् । निहारिकाको समस्या उनको मात्रै होइन । हाम्रो सिंगो समाजको ऐना हो यो । कुनै किशोरीले सडकमा म कुमारी आमा हुँ भन्दै काखमा बच्चा च्यापेर न्यायको भिख माग्दै हिँड्ने अवस्था आउनु राष्ट्रिय लज्जाको विषय हो ।

प्रतिक्रिया