बैतडीको मुख्य व्यापारिक केन्द्र खोड्पेमा दमकलबाट खानेपानी

बैतडी । बैतडीमा दमकलबाट खानेपानीको आपूर्ति गरिएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको पाटन नगरपालिका ८ खोडपे बजारमा नगरपालिकाको दमकलबाट खानेपानीको आपूर्ति गरिएको हो । पाँच दिनदेखी सिद्धेश्वर खानेपानी योजना अवरुद्ध भएपछि खोडपे बजार क्षेत्रमा दमकलबाटै भएपननि खानेपानीको परिपूर्ति गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष एवम पाटन ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । बेलाबेला सिद्धेस्वर खानेपानी योजनामा समस्या आउँदा उपभोक्ताहरु समस्यामा पर्ने गरेका छन् ।


बिद्युतबाट लिफ्टिङ मार्फत सञ्चालन रहेको खानेपानी योजनको उपकरणमा बेला बेला आउने समस्याका कारण खानेपानी योजना अबरुद्ध बन्ने गरेको खानेपानी योजनाका सचिव मोहन बिष्टले बताए । खानेपानी योजनामा आएको प्राविधिक समस्या समाधान नहुन्जेल सम्म दमकलबाटै भएपनि खानेपानीको ब्यवस्था मिलाईने उनले बताए । बजार क्षेत्रमा ११५ ब्यापारीक उपभोक्ताहरु छन् ।


खानेपानी योजना प्राविधिक कारणले समस्या आएको हुनाले छिट्टै मर्मतको काम भईरहेको खानेपानी योजना समितिले जनाएको छ । मोटर चलाउन आवश्यक पर्ने बिद्युतको भोल्टेज कम भएकाले सानो मोटरबाट भएपनि खानेपानीको व्यवस्था गरिने अध्यक्ष बिष्टले बताए ।

प्रतिक्रिया