बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कुटपिट गरेपछि स्थानीयले ढोका थुनेर वलीलाई प्रहरीको जिम्मा लगाएका हुन् ।
राज्यमन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीमानलाई मेरो श्रीमान खोइ भन्दै घरभित्र आएर आफूलाई कुटपिट गरेको पीडित महिलाले बताएकी छन् । विमलाले एकराज बस्नेतलाई आफ्नो श्रीमान भन्दै बस्नेतकी पत्नी र छोरीलाई कुटपिट गरेको स्थानीयको भनाइ छ ।
राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय तुलसीपुरमा पुर्याएको हो ।
मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा मगलबार बिहान प्रवेश गरेकी हुन् । घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनले मिनाको कोठा भित्रको दराजका कपडा निकाल्दै आफूले आफ्नो श्रीमान् एकराजका लागि ती कपडा किनिदिएको भन्दै मनपरी निकाल्ने र फाल्ने गरेको मिनाले बताएकी छन् । विमलाले मिनाको कोठाका कपडाहरु यत्रतत्र छरिदिएकी थिइन् ।
मन्त्रीले नै सीमा नाघेर अर्काको घरभित्र घुसेर मनपरी गरेको भन्दै स्थानीय आक्रोसित भएका छन् । केही समय पहिले राज्यमन्त्री विमला र मिनाका पति एकराज बस्नेतबीच प्रेम प्रसङ्ग बाहिरीएको थियो ।
प्रतिक्रिया