कोकाकोलाको ‘कोक उठाउँ, आफुलाई जगाउँ’ योजना

काठमाडौँ । कोका–कोलाले सुरु गरेको ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करणको ट्यागलाइन ‘कोक उठाउँ, आफुलाई जगाउँ’ रहेको छ । यस्ले ‘जसले कोक पिउनुहोस् र आफुलाई रिफ्रेस गराउनुहोस’भन्ने सन्देश दिने पनि कोकाकोलाले जनाएको छ । यो क्याम्पेनको उद्देश्य उपभोक्ताहरुलाई दिँउसोको अल्छि लाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेशिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु भएको पनि उल्लेख छ ।

कोका–कोला नेपालले नयाँ टिभीसी सार्वजनिक गरेको छ जसमा मोडेल अदिति बुढाथोकीलाई फिचर गरिएको छ । क्याम्पेनको बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले यो क्याम्पेन मार्फत उपभोक्ताहरूलाई जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोका–कोलाको साथले अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश दिन चाहेको बताएका छन ।

त्यसैगरी बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने,‘ एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश यो क्याम्पेनले दिन खोजेको छ । पक्कै पनि हामी सबै जनालाई दिँउसोको समय अल्छि लाग्दो लाग्छ । तर त्यो पट्यार लाग्दो समयमा एक बोतल चिसो कोकले नै हाम्रा उपभोक्ताहरुलाई स्फुर्ती प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’

कोका–कोलाले यो क्याम्पेनभरि कोक पारखीका लागि थुप्रै सरप्राइजहरु तयार पारेको छ । क्याम्पेन सम्बन्धि जानकारीहरुका लागि कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेज लाइक र फलो गर्न पनि उस्ले भनेको छ । बजारमा उपभोक्ताको माग अनुसार कोका–कोलाको विभिन्न साइज र बोतलमा उपलब्ध छन् ।

प्रतिक्रिया