काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा असार ५ गते हुने भएको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले २०७९ को स्थानीय तहको निर्वाचनपछि पहिलोपटक नगरसभा बोलाउने निर्णय गरेको हो । कार्यपालिका बैठकले नगरसभाको बैठक आह्वान, राजस्व परामर्श समिति गठन, कार्यपालिकाअन्तर्गतका विषयगत समिति गठनलगायतको निर्णय गरेको छ ।
आइतबार विहानको कार्यपालिका बैठकले उपमेयर सुनिता डंगोलको अध्यक्षता स्थानीय राजस्व परामर्श समिति गठन गरेको थियो । समितिको सदस्यहरुमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, वडा नं १४ का वडाअध्यक्ष सुमन श्रेष्ठ, कार्यपालिका सदस्य मीना सिंह चयन भएका महानगरपालिकाले जनाएको छ । समितिको सदस्य सचिवमा राजस्व विभागका प्रमुख रहेका छन् ।
प्रतिक्रिया