राष्ट्रिय मुक्त हलिया समाज महासंघको अध्यक्षमा सुनार

धनगढी । राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको अध्यक्षमा पुनः ईश्वर सुनार सर्वसम्मत चयन भएका छन् । महासंघको शुक्रबार धनगढीमा सम्पन्न छैठौं राष्ट्रिय महाधिबेशनबाट सुनार अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । उनको यो दोस्रो कार्यकाल हो । त्यसैगरी सुनारको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

त्यसैगरी उपाध्यक्षमा पर्वत सुनार (हुम्ला),महिला उपाध्यक्षमा कौशिल्या दमाई (डडेल्धुरा),महासचिवमा मंगलबहादुर सार्की (बझाङ्ग),सचिवमा प्रसाद नेपाली (जाजरकोट),सचिवमा डबल वि.क. (बाजुरा) र कोषाध्यक्षमा इन्दिरा ताम्राकार (डडेल्धुरा) सर्वसम्मत चयन भएका हुन् । यस्तै सदस्यहरुमा राजुराम भुल (बैतडी),रमेश कोली (बैतडी),सञ्जु नेपाली (कञ्चनपुर),टिका नेपाली (कैलाली),गोरख सार्की (डोटी), सेते लुहार (अछाम),शान्ति चौधरी (सुर्खेत), मानमती वड (दार्चुला) सर्वसम्मत चयन भएको आयोजकले जनाएको छ । महाधिवेशनमा १२ जिल्लाका प्रतिनिधि सहभागी भएको जनाइएको छ ।

नवनिर्वाचित अध्यक्ष सुनारले नेपाल सरकारले मुक्त हलियालाई दिनुपर्ने सेवा सुविधा अलिलेसम्म दिन नसकेको बताउँदै पुनः स्थापना कार्यक्रम अलपत्र रहेकोले तुरुन्त सुचार गर्न सरकारलाई आग्रह गरे । उनले भने कतिपय मुक्त हलियाको तथ्यांक प्रमाणिकरण हुन सकेको छैन,प्रमाणिकरण गरेर सरकारले सेवा सुविधा दिनुप¥यो,छुटेका मुक्त हलियाको तथ्यांक लिएर नेपाल सरकारले उनीहरुलाई पुःस्थापना कार्यक्रमा ल्याउनु प¥यो । यसका लागि संघ,प्रदेश र स्थानीय सरकारसँग संघर्ष जारी राख्ने उनले बताए ।

प्रतिक्रिया