पोखरा । गत बैशाख २६ गते एक महिलाको अश्लिल भिडियो एक युवकले खिचे । त्यसपछि उनले चरित्रहत्या गर्ने धम्की दिए । सामाजिक सञ्जालमा हालिदिने उनको धम्की थियो ।
भिडियो डिलिट गर्न ति महिलाले पटक–पटक आग्रह गरिन् । मानेनन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् । बाँकी रकम पनि मागिरहे ।
पटक–पटक धम्की दिएपछि महिलाले कास्की प्रहरीमा उजुरी दिइन् । प्रहरीले अनुसन्धान सुरु गर्यो । अन्ततः कैलाली प्रहरीको समन्वयमा कास्की प्रहरीको टोलीले बाजुरा बडीमालिका ७ का २७ वर्षीय शान्तराज तिमिल्सेनालाई पक्राउ गर्यो ।
‘लुकिछिपी भिडियो बनाएर बार्गेनिङ गरेको सूचना आयो,’ कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले भने, ‘सोही उजुरीका आधारमा पक्राउ गरिएको हो, हामीले अनुसन्धान गरिरहेका छौँ ।’
उनलाई आपराधिक विश्वासघात मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको खड्काले जानकारी दिए । उनले अरुलाई पनि त्यस्तो गरे–नगरेको भने खुलेको छैन ।
प्रतिक्रिया