तनहुँमा सडक भासिँदा दुई जनाको मृत्यु, एकको सनाखत

गोरखा । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा १० च ४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो ।

मोटरसाइकलमा सवार पुरूष सवारी फालेर ज्यान जोगाएका थिए भने कार मानिससहित पहिरोमा खसेको प्रहरीले जनाएको छ ।

नदी किरानबाट प्रहरीले दुई जनाको शव फेला पारेको छ । मृतकमध्य एक जना गोरखाको सिरानचोक गाउँपालिकास्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उक्त सडक भासिँदा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको छ । पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रु अलपत्र परेका छन् ।

लामो जामका कारण यात्रुको बिचल्ली भएको छ । लामो जामका कारण विशेष गरि बिरामी, ज्येष्ठ नागरिक र बालिबालिकालाई बढी सास्ती भएको छ।

प्रतिक्रिया