प्रतिनिधिसभामा आज पनि चार मन्त्रालयको छलफल

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ ।

बिहीबार अर्थ, रक्षा र शिक्षा र खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ । बुधवार पनि चारवटै मन्त्रालयको छलफल भएको थियो ।

प्रतिक्रिया