जगरनाथपुरको प्रमुख प्रशासकीय अधिकृतमा राय

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कृष्ण नन्दन राय सरुवा भइ आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत रायलाई जगरनाथपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेर पठाएको हो ।

राय यसभन्दा पहिला महोतरी जिल्लाको हुलाक कार्यालयमा कार्यरत थिए । महोतरीबाट आएका उनलाई सोमबार गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले फुलमालाले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरु को सहभागीता रहेको थियो ।

प्रतिक्रिया