श्रीमतीले गरिन् श्रीमानको हत्या

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१४ प्रहरीले हत्या अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–१४ स्थित कोठा भाडामा बस्दै आएकी भारत बलरामपुरकी ३७ वर्षीया गायत्री नेपालीले अचार पिस्ने लोहोरो प्रहार गरी ३३ वर्षीय श्रीमान पंकज गुप्ताको हत्या गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सोमबार बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमाले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा घटना घटेको गायत्रीले प्रहरी समक्ष बयान दिएकी छन् ।

प्रतिक्रिया