वरिष्ठ पत्रकार नेपाललाई कारबाहीको माग गर्दै उजुरी दर्ता

काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपाल र उकेरा डटकमलाई कारबाहीको मागसहित प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघमा उजुरी परेको छ ।

बाराका विनय यादवले गत शनिबार (२१ जेठ) मा उकेरा डटकममा किशोर नेपालको बाइलाइनमा ‘बालेन साहेबको दौडधुप’ शिर्षकमा प्रकाशित लेख हिन्दु धर्मावलम्बीहरूको आराध्य देव श्री कृष्ण र सम्पुर्ण यदवंशी समाज अर्थात यादव’ समाजको अपमान गरिएको भन्दै उनीहरुलाई कारबाहीको माग राखेर काउन्सिल र महासंघमा उजुरी दर्ता गराएका हुन् ।

सोमबार दर्ता भएको उक्त उजुरीमा वरिष्ठ पत्रकार नेपाल यसअघि समेत काठमाडौंको मेयर बालेन्द्र साहलाई विभिन्न अन्तर्वार्तामा जातीसुचक शब्द प्रयोग अपमान गरेको उल्लेख गरिएको छ ।

‘पत्रकार नेपाल र उकेरालाई पत्रकारिताको न्यूनतम मर्यादासमेत नराख्दै विभिन्न जातजातीलाई होच्याउने कार्य गरेकोले यथासक्य शीघ्र कारवाही गर्न आग्रह गर्दछु,’ यादवले आफ्नो उजुरीमा उल्लेख गरेका छन् ।– न्युज कारखाना 

प्रतिक्रिया