यार्सागुम्बा टिप्ने सिर्जन सुरु !

मुगु । जिल्लाको पूर्व पाटन क्षेत्रमा हिमाली कीरा अर्थात् यार्सागुम्बा टिप्ने मौसम सुरु भएको छ  । स्थानीय भाषामा ‘कीरा’ भन्ने गरे पनि तिब्बती भाषामा ‘यार’ भनेको वर्षा र चा भनेको झार अर्थात् यार्सा भन्ने गरिन्छ । कोरोनाका कारण तीन वर्ष यतादेखि स्थानीयले टिप्न नपाएको कीरा यो पटक टिप्न पाइने घरको ढोका बन्द गरी हिमालतिर महिला, पुरुष, युवा र विद्यार्थीको लस्कर छ  । मुगुम कार्मारोङ गाउँपालिकाकाले जेठ १५ गते कीरा टिप्न सर्वसाधारणलाई पाटन क्षेत्रमा अनुमति दिएको हुँदा जिल्लाभित्र र बाहिर गरी ७ जिल्लाको गाउँ बस्तीबाट पाटन उक्लिनेको लर्को लागेको छ ।  हिमाली ‘कीरा’ टिप्ने मौसम सुरु भएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले जनाए  । पिठ्युँमा भारी मन उत्साह बोकेर स्थानीय कीरा टिप्न पाटन उक्लिएको उनको भनाइ छ  ।

मुगुको पूर्वी करान भेगका सामुदायिक विद्यालयमा अध्यायनरत विद्यार्थी यार्चागुम्बु टिप्न पाटनतर्फ हिँडेपछि स्कुल सुनसान भएका छन् । मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, माग्री, रोवा, रुगालगायत गाउँबस्तीमा रहेका विद्यालय पढ्ने कक्षा ५ देखि १० सम्म छात्र छात्रा सातुसामल बोकेर यार्चा संकलन गर्न पाटनतर्फ उक्लिएका छन् ।


विद्यार्थीहरू यार्चा संकलन गर्न उच्च हिमाली क्षेत्र पाटनतर्फ लागेपछि बुद्ध मावि माग्री र प्रभात उमावि रोवासहित अन्य २६ वटा सामुदायिक विद्यालयहरूको पठनपाठन कार्य प्रभावित बनेको छ । असार अन्तिम साता पाटनबाट विद्यार्थी फर्केपछि पढाइ सुचारु हुने गरेको छ  । पढाइ खर्च जुटाउने भन्दै विद्यार्थी पढाइ छोडेर हरेक वर्ष यार्चागुम्बु टिप्न पाटन क्षेत्रमा जाने गरेका छन् । कक्षा ५ देखि १० सम्मका विद्यार्थी कीरा टिप्न पाटन गएपछि विद्यालय सुनसान बनेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले जनाए । पाटन गएका विद्यार्थी नफर्किंदासम्म पढाइ प्रभावित हुने उनको भनाइ छ ।


पाटन उक्लिएका विद्यार्थीले यार्चा टिपेर कम्तीमा ४० देखि ५० हजार पैसा ल्याएर घर आउने गरेको शिक्षक बताउँछन् । मुगुको पाटन क्षेत्रमा पाइने यार्चा विद्यार्थीदेखि सर्वसाधारणको आम्दानीको स्रोत बनेको छ । विद्यार्थीको तेजिलो आँखा हुने हुँदा पाटनमा बढी कीरा टिप्ने भएकाले अभिभावकले पढाइ छोडेर आफ्ना छोराछोरी ढेड महिनाको निम्ति पाटन लैजाने चलन छ ।


मुगम कार्मारोङ गाउँपालिकाका स्थानीय कीरा टिप्न पाटनतिर उक्लिएपछि वडा तहदेखि पालिका, प्रदेश र संघीय स्वीकृत विकास निर्माण कामकाज एक महिनाका लागि पूर्ण रूपमा प्रभावित हुने गरेका छन । जेठ १५ देखि असार २५ सम्म गाउँपालिकाभरिका महिला पुरुष युवा कीराको खोजीमा हिँडेपछि विकासका काम प्रभावित हुने गरेको पालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । स्थानीय गाउँमा झरेपछि बाँकी रहेका विकास निर्माण कार्य थालनी गरिने उनको भनाइ छ ।
यार्सा टिप्न सबै स्थानीय पाटन क्षेत्रतिर जान थालेपछि एक महिनाको लागि भौतिक पूर्वाधारका योजनादेखि क्षमता विकासका कार्य स्थगित गर्नुपर्ने अवस्था आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले जनाए । वडा १ देखि ९ सम्मका मह, माग्री, सेरोक, डोल्फु, रिउस, पुवा, ताखा, खारी, दाउरालगायत १३ गाउँ सुनसान हुने गरेको छ ।

मुगुम कार्मारोङमा यार्सा संकलकबाट २५ लाख राजस्व संकलन


जिल्लाको मुगम कार्मारोङ गाउँपालिकामा यार्सागुम्बा संकलकबाट २५ लाख राजश्व संकलन भएको छ । गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका प्रतिव्यक्ति २ हजार र जिल्ला बाहिरबाट आएकालाई प्रतिव्यक्ति २५०० का दरले राजस्व उठाउने गरिएको छ ।


मुगुको सिरानचौरमा यार्सा संकलनकर्ताबाट २५ लाख राजश्व असुली भएको र अझै राजस्व उठाउने टोलीले पाटन क्षेत्रमै पुगेर यार्सा टिप्ने व्यक्तिबाट राजस्व संकलन गरिरहेको गाउँपालिकाका लेखा अधिकृत जनराज शाहीले बताए ।
अवैध बाटो प्रयोग गरेर यार्सा संकलक पाटन क्षेत्रमा पहिले नै प्रवेश गरिसकेको हुँदा यो पटक राजस्व संकलन कम हुने अनुमान गरिएको उनको भनाइ छ ।


लेखा अधिकृत शाहीले विगतका वर्षहरूमा कम्तिमा ५ देखि ६ हजार यार्सा संकलकबाट राजस्व संकलन हुने गरेकोमा यो पटक स्थानीय तह निर्वाचनले गर्दा यार्सा टिप्ने व्यक्ति कम भएको बताए । मुगुम कार्मारोङ गाउपालिका–२ मा पर्ने विभिन्न यार्सागुम्बा पाउने पाटनमा क्षेत्रमा सुरक्षाकर्मीसहित राजस्व संकलन गर्ने टोली खटाइएको छ । कोरोना महामारीका कारण विगत तीन वर्षदेखि मुगुम कार्मारोङ गाउँपालिकाले यार्साको राजस्व संकलन गर्न पाएको थिएन् । यार्सागुम्बा संकलकको लागि यही जेठ १६ गतेदेखि पाटन क्षेत्र खुल्ला गरिएको थियो ।

प्रतिक्रिया