मुम्बई बेचिन लागिएकी किशोरीको उद्धार

जनकपुरधाम । मुम्बई बेचिन लागिएकी एक १४ वर्षीय किशोरीको उद्धार भएको छ । सामाजिक अभियन्ता सरोज रायले भारतबाट उक्त किशोरीको उद्धार गरेका हुन् । रौतहट जिल्लाको सदरमुकाम गौरकी स्थानीय १४ वर्षीय किशोरीलाई ५५ वर्षीय नाम नखुलेका आफ्नै नातेदारले ललाइफकाई भारतको मुम्बइ लग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेपछि भारतबाट अभियन्ता रायले उद्धार गरेर नेपाल फर्काउन सफल भएका छन् ।

गत ३ जेठमा रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिकाबाट मुस्लिम थर भएकी उक्त किशोरीलाई नातामा फुफा (बुबाको बहिनी ज्वाइँ) पर्नेले किशोरीकै १३ वर्षीय केटा साथीको सहयोगमा ललाइफकाई ठगेर भारत पु¥याएका थिए । भारतमा तीन दिन बोर्डर छेउमा रहेको बर्गनीयामा र त्यसपछि सीतामढीमा दुई/तीन दिन राखे । त्यहाँबाट मेरो घरको सानोतिनो काम गर्नु भनेर मुम्बई लग्दै गर्दा सीतामढी रेल्वे स्टेसनमा प्रहरीको नजरमा परेपछि पक्राउ परे । किशोरीसँगसँगै हिँडेका नाम नखुलेका केटा त्यहाँबाट भागन सफल भए भने भारतीय प्रहरीले किशोरीको ५५ वर्षीय नातेदार (नाम नखोलिएको) र किशोरी (नाम नखोलिएको) लाई त्यहाँ स्थित बालकल्याण समिति (सिडब्लुसी) को जिम्मा लगाए ।

समितिले किशोरीको नातेदार पर्ने व्यक्तिको बयान लिएर किशोरीलाई भारतको मधुवनीस्थित बालिका गृहमा पठाए । किशोरीको वयानपछि उनी नेपालको रौतहटवासी भएको पत्ता लागेपछि सिडब्लुसी सीतामढीका कर्मचारीले सामाजिक अभियन्ता सरोज रायलाई किशोरीकोे आमाबुबा र घरठेगाना खोजबिन गरिदिन तथा उद्धार प्रक्रियाको लागि आग्रह गरे । यता अभियन्ता रायले किशोरीका आमाबुबालाई छोरीको विषयमा खोजबिन गर्दा आपूmलाई छोरी गायब रहेको र कता हराएको विषयमा केही जानकारी नरहेको बताए ।

त्यसपछि छोरी भारतको सीतामढीस्थित बालगृहमा रहेको जानकारी दिइएपछि किशोरीलाई भारतबाट घर फिर्ता ल्याउन आवश्यक पर्ने सबै कागजात संकलन गरी र सामाजिक अनुसन्धान रिपोर्ट (एसआइआर) तयार गरी अभियन्ता रायले दिपही बस्ने टिएमएनसीको सदस्य बच्चालाल यादवलाई केटीको आमाबुबासँगै सीतामढी, भारत पठाए । सबै प्रक्रिया पूरा गरी भारतस्थित बाल कल्याण समितिले किशोरीलाई बच्चालालको रोहबरमा १८ जेठमा आमाबुवालाई जिम्मा लगाए ।

नेपाल फर्केकी किशोरीले आफूसँग सोही नातेदार पर्ने व्यक्तिले आफूलाई मुम्बई बेच्न लगेको कुरा र पटकपटक वलात्कारसमेत गरेको कुरा पनि जानकारी दिएको अभियन्ता रायले जानकारी दिएका छन् । अभियन्ता रायले सीतामढीमा छँदा आफूलाई जबर्जस्ती (रेप) गरिएको किशोरीले जानकारी दिएको बताए । यता किशोरीको उक्त जानकारीपछि अभियन्ता रायले सबैलाई गौरस्थित जिल्ला प्रहरी कार्यालयमा लगी बलात्कार तथा बेचविखनसम्बन्धी उजुरीसमेत दिएका छन् ।

अभियन्ता रायले बेचबिखनदेखि लिएर वलात्कार सम्मको गम्भीर अपराध गरेकोले आरोपितलाई हदैसम्मको कारबाही गर्नका लागि आग्रहसमेत गरेका छन् भने जिल्लास्थित सम्बन्धित निकायलाई यस घटनालाई गम्भीरताका साथ लिएर पीडितलाई न्याय दिलाउनका लागि पहल गर्नसमेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया