ग्यास सिलिण्डर पड्किदा बालिकाको मृत्यु

तनहुँ । खाना पकाउने ग्यासको सिलिण्डर ग्यास पड्किदा तनहुँमा शनिबार एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीया छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।

ग्यासको सिलिण्डरमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया