धोबिनी– ४ का वडाध्यक्ष मियाँद्वारा पदभार ग्रहण

पर्सा । जिल्लाको धोबिनी गाउँपालिका– ४, लंगडीका वडाध्यक्ष अबास मियाँ चुरिहारले पदभार ग्रहण गरेका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित मियाँले आज पदभार ग्रहण गरेका हुन् ।

त्यसअघि मर्मत र रङ रोगन गरिएपछि वडा कार्यालयको रिबन काटेर नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बशिस्टनारायण कुर्मीले उद्घाट गरेका छन् ।

बैशाख ३० गते सम्पन्न निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवार समेत रहेका कुर्मीले फूलमाला र अविरको टिका लगाएर नवनिर्वाचित वडाध्यक्ष मियाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कुर्मीले जनप्रतिनिधिले जनचाहना अनुसार काम गर्नुपर्ने बताए । उनले निर्वाचनमा हारजित स्वभाविक भएको बताउँदै विकासको मामला सबैसँग सहकार्य गरेर अगाडि बढ्नु ्पर्ने बतए ।

जनताको छितो छरितो कामकाज गर्न आग्रहसमेत उनले गरे । पदभार ग्रहण कार्यक्रममा उपाध्यक्ष प्रतिनिधि श्यामकिसोर पटेल, कार्यपालिका सदस्य दिनेश कलवार, सदस्य कमल ठाकुर, मदन सहनी, वडा सचिव जितेन्द्र चौहान, स्थानीय ईसरायल मियाँ, बिनय साह कानु, जनार्धन साह, अलियास मियाँ, भुवाल पटेल, रामाचनद साह लगायतको सहभागिता थियो ।

प्रतिक्रिया