पोखरियाको लागि बजेट माग्न जनकपुर पुग्यो सर्वदलीय टोली

पर्सा । पर्साको पोखरिया नगरपालिकाको विकास र समृद्धिकोलागि पोखरियाका सबै दल डेलिगेशनसहित मधेश प्रदेशको राजधानी जनकपुरधाम पुगेका छन् । मधेश प्रदेशको सम्पूर्ण मन्त्रालयमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको अवसर सृजना गर्न ०७९/८० को प्रदेश बजेटमा पोखरिया नगरपालिकालाई विशेष सम्बोधन गर्न माग गर्दै उनीहरु जनकपुरधाम पुगेका हुन् ।

सर्वदलीय टोलीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, समाजिक विकास मन्त्री, अर्थमन्त्री लगायतसँग भेट गरेकाे छ । पोखरिया नगरपालिकाको लागि विकासको लागि ०७९/८० को नयाँ बजेटमार्फत सहयोग गर्न अनुरोध गरिएको बताइएको छ ।

मुख्यमन्त्री राउतले पोखरिया नगरपालिकाको विकासमा आफ्नो सहयोग रहने बताए । पोखरिया नगरपालिका विकासको लागि सर्वदलीय टोलीमा पोखरिया नगर प्रमुख प्रधुमन चौहान, प्रदेश सांसद प्रहलाद गिरी,मंजुर आलम, राजेश्वर साह, जनत अन्सारी, पोखरिया नगरपालिकाको बर्तमान मेयर दिपनारायण रौनियार, प्रमुख प्रसासकीय अधिकृत असोक रौनियार, लोजपाका नेता नजामुदिन समानी, वडाध्यक्ष लक्ष्मण साह, नौसाद आलम, प्रमेन्दर पटेल, नेकपा एमालेका जिल्ला ईन्चार्ज प्रभु हजरा, जसपाका नेता राजु साह, योगेनद्रप्रसाद कुर्मी, राजनरायन कुर्मी, लोजपाका युवा नेता सुजित गिरी, राकेश कुमार लगायतका छन् ।

प्रतिक्रिया