फोहोरमैला सिधै नदीमा !

स्थानीय तहको यस्तो बेथिति

धादिङ । स्थानिय तहको बेवास्ताका कारण पछिल्लो समय धादिङमा बजार क्षेत्रबाट संकलित फोहोरमैला सिधै राजमार्ग छेउबाट नदीमा बिर्सजन गर्ने गरिएको छ । फोहोरमैला व्यवस्थापन गर्न स्थानीय तहका जनप्रतिनिधीले चासो नदिँदा र सरोकारवाला निकाय मौन बसिदिँदा पृथ्वीराजमार्ग आसपासको बजार र बस्ति क्षेत्रबाट संकलित फोहोरमैला स्थानीयले सिधै नदीमा फ्याँक्नेक्रम बढेको छ ।

बजारको फोहोर सिधै त्रिसुली नदीमा फाल्दा नदि त फोहोर भएकै छ, त्यसमाथि नदी किनारमा थुप्रिएको फोहोले राजमार्ग क्षेत्रको वातावरणसमेत प्रदुषित बन्दै गएको छ । राजमार्ग क्षेत्रबाट फ्याँकिएको फोहोरको डंगुरबाट आउने दुर्गन्धले पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुलाई समेत समस्या पार्ने गरेको छ ।

चितवनको ईच्छाकामना गाँउपालिकास्थित मुग्लिनदेखी मौवाखोलासम्म र धादिङको वेनिघाट रोराङ्देखी धुनिबेसीसम्मको बजार आसपासका फोहोरमैला ट्रिपर र ट्रयाक्टरमार्फत सिधै राजमार्ग छेउछाउबाट त्रिसुली नदी र आसपासका खोलाहरुमा फाल्ने गरिएको छ ।

यसैगरी मुग्लिनदेखी तनहुँको आँबुखैरेनी बजार, मलेखु–धादिङबेसी सडकका बजार तथा नुवाकोट जाने गल्छी–त्रिसुली सडक आसपासका बजारको फोहोरमैला पनि यसैगरी नै नदीमा फाल्ने गरिएको स्थानियको गुनाशो छ । राजमार्ग छेउबाट सिधै तल भिरमा फालिने फोहोर सडकमा त रहन्छ नै, तल फालिएको फोहोर सिधै नदीमा समेत पुग्छ । त्यसले गर्दा त्रिसुली नदीसमेत फोहोर बन्दै गएको छ । राजमार्ग र नदीछेउको बगर किनारसमेत पुरै फोहोरको डंगुरले भरिने गरेको छ । सडकयात्राका क्रममा यात्रुहरुले समेते सहजै रुपमा देख्न सक्ने र गन्ध आउने गरी फोहोर फाल्ने गरिएको छ ।


राज्यले फोहोरमैला फाल्ने गर्ने डम्पिङ साइटको ब्यवस्थापन गर्न नसक्दा विकल्पका रुपमा बजार र बस्तीबाट दैनिक निस्कने फोहोरमैलालाई बजारबाट करिब दुई÷तीन किलोमिटर पर राजमार्ग छेउबाट नदिमा फाल्न बाध्य हुनुपरेकोे स्थानीय बताउँछन् ।

फोहोर फाल्ने नयाँ ठाउँको खोजी भइरहेको र फोहोरमैला व्यवस्थापनका लागि नयाँ बिकल्पबारे योजना बनाइएको बेनिघाट रोराङ गाँउपालिकाका नवनिर्वाचित् अध्यक्ष कृष्णप्रसाद थपलियाले बताए । ‘बजारमा चाप बढ्दै गएपछि अहिले फोहोर ब्यवस्थापमा समस्या भएको छ । नयाँ विकल्पको रुपमा डम्पिङ साइटका लागि जग्गा खोजी गरेको छु । गाँउपालिकाको पायक पर्ने स्थानमा डम्पिङ साइट निर्माण गरी फोहोर ब्यवस्थापनमा विशेष ध्यान दिने योजना छ,’ उनले भने ।

गाँउपालिका अध्यक्ष थपलियाका अनुसार आगामी कार्यपालिकाको बैठकबाटै डम्पिङ साइट निर्माण गरी फोहोर ब्यवस्थापन गरिने छ । त्यसका लागि आफुले एक वर्षभित्रै नतिजा निस्कनेगरी योजना बनाउने उनले बताए । डम्पिङ साइटको व्यवस्थापन नहुँदा राजमार्ग क्षेत्रको बजार सफा भएपनि बजारसँगैको त्रिसुली नदी भने फोहोर बन्दै गएको छ ।

स्थानीयले आफ्नो घर, पसल र ब्यापारीक केन्दबाट निस्किने फोहोर अन्यत्र बाहिर फाल्ने र उक्त फोहोर बजारदेखि केही टाढा फाल्दा राजमार्ग क्षेत्र नै निकै प्रदुषित बनेको छ । राजमार्ग छेउका बजारमा दैनिक थुप्रने फोहोर बजार क्षेत्र नजिकै फालिँदा रोगको जोखिमसमेत उत्तिकै बढेको छ ।

प्रतिक्रिया