नवनिर्वाचित वडाध्यक्ष कुर्मीद्वारा पदभार ग्रहण

पर्सा । धोबिनी गाउँपालिका– ३ हरिहरपुरको वडाध्यक्षमा विजयी भएका नेपाली कांग्रेसका राजकिशोर पटेलले आज पदभार सम्हालेका छन् । वडाध्यक्ष पटेलले सपथ ग्रहण गरि आजै वडा कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।

उनले आजै धोबिनि गाउँपालिका–। साथै, वडाध्यक्ष कुर्मीले वडा कार्यालयको उद्घाटन गरेका थिए । नवनिर्वाचित वडाध्यक्ष कुर्मीले वडा कार्यालयको उद्घाटन गर्दै आफ्नो मात्रै विजयी नभइ सम्पूर्ण वडावासीको विजयी भएको बताए ।

साथै, उनले जनताहरुका सेवकको रुपमा काम गर्ने प्रतिबद्धता जनाए । जनताहरुको साथ र सहकार्य गरि विकास निर्माणको कामकाजमा अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा इबराहिम मिया, रामबालक राउत, रिना देवी, नागिमा देवी, वडा सचीव प्रदिप पटेल, पवन पटेल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया