‘प्रकाश’ को टिजर सार्वजनिक

काठमाडौं । दिनेश राउतले निर्देशन गरेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रकाश’ को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको चलचित्रको टिजरमा अभिनेता प्रदीप खड्कालाई फरक भूमिकामा देखाइएको छ । नेपालको सुदूरपश्चिम क्षेत्रमा एक शिक्षकले गर्ने संघर्षको कथालाई टिजरमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा अभिनेता प्रदीपसँगै अभिनेत्री दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रानु योगी, हुम बिसी लगायतका कलाकारको अभिनय छ । सुदूरपश्चिमेली भाषा, परिवेश र कथा रहेको चलचित्रमा ग्रामीण परिवेश र संघर्षलाई उतारिएको छ । प्रायः चलचित्रमा चकलेटी र प्रेमीको भूमिकामा देखिने प्रदीप ‘प्रकाश’ मा एक संघर्षशील शिक्षकको भूमिकामा प्रस्तुत भएका छन् ।

टिजरमा प्रदीपले आफ्नो भूमिकाप्रति न्याय गरेको अनुभूत गर्न सकिन्छ । महेन्द्र अधिकारीले लगानी गरेको यो चलचित्रको कथामा विकास सुवेदीको लेखन रहेको छ । यो चलचित्र आगामी १० भदौदेखि देशव्यापी प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया