धोबिनी गाउँकार्यपालिकामा कांग्रेसको प्यानल नै विजयी

पर्सा । पर्साको धोबिनी गाउँकार्यपालिका सदस्यको लागि आज भएको निर्वाचनमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । ६ कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन् ।

अल्पसंख्यक सदस्यमा कांग्रेसका दिनेशप्रसाद कलवार र नन्दकिशोरप्रसाद कानु, महिला सदस्यमा कांग्रेस कै रिना देवी, परमजोती कुमारी, शोभावती देवी र सारदा पासवान विजयी भएका हुन् । छ जनाले १५ १५ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनीहरुको प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का दिपक सर्राफ, प्रमेश्वर ठाकुर, नगिना देवी, ब्यान्ती देवी कुर्मी र एमालेका बचनी देवी र कोशिला देवी पटेल ले १२ १२ मत पाएका थिए । २७ मतदाता रहेको गाउँ कार्यपालिका सदस्यको निर्वाचनमा धोबिनी गाउँ कार्यपालिका नेपाली कांग्रेसको कब्जामा रहेको छ ।

नेपाल कांग्रेस १५, जसपाका ८ र एमालेका ४ मतदाता रहेका थिए । कांग्रेसले एक्लै र जसपा र एमालेले गठबन्धन गरेर कार्यपालिका सदस्यको चुनाव लडेका थिए । धोबिनी गाउँपालिकामा जसपा गाउँपालिका अध्यक्ष सहित दुई वडाध्यक्ष, नेपाली कांग्रेस उपाध्यक्ष सहित ३ वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया