तारा एयर अपडेट : अप्ठ्यारो ठाउँमा शव संकलन गरिँदै

पोखरा । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त विमान भएको स्थानमा पुगेका स्थानीयले अहिले शव संकलन गरिरहेका छन् ।

उक्त विमानमा आगो नलागेको उनीहरुले बताएका छन् । स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोँचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए ।

‘शवहरु गन्दै छौँ, अप्ठेरो छ, ठाउँ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले केही शव अंगभंग देखेर नचिनिने अवस्था जस्तो लागेको थियो , तर सबै शवहरु चिनिने अवस्थामा रहेछन्, आगो लागेको छैन ।’
त्यहाँ सेना पनि भर्खरै जाँदै छ ।

प्रतिक्रिया