१० लाख पर्यटक नेपाल भित्रयाउने लक्ष्य

काठमाडौं । आर्थिक बर्षको २०७९÷८० बजेटले १० लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको छ । नेपालको विशष्टिता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गरिने बजेटले बताएको छ ।

कोभिड १९ महामारीबाट प्रभावित होटल तथा पर्यटन क्षेत्रसम्वद्ध व्यवसायको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक इजाजत र नवीकरण दसतुर छुट दिने व्यवस्था मिलाएको छ भने पर्यटन क्षेत्रको पुनरुत्थानको लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिएको छ।

भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणको कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्न २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै सरकारले स्थानीय तहको लागत साझेदारीमा २१६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमको लागि ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।

उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालय ट्रेलको लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेटले सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पाहरुको शाहसीक पहिचान झल्कने संग्रहालय स्थापना गर्ने, काठमाडौं महानगरपालिकासँगको सहकार्यमा एक नेवार संग्रहालय स्थापना गर्नुका साथै पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण समिति गुरुयोजना कार्यान्वयन गर्न सहयोग गर्ने बताएको छ ।

मनोरञ्जनतात्मक तथा साहसी पर्यटनको लागि हिल स्टेशन विकास गर्न प्रोत्साहन गरिनेछ। स्थानीय तहको लागत साझेदारीमा २१६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमको लागि ९० करोड रुपैयाँ विनियोजन गरिएको छ । आरोहणका लागि खुल्ला गरेका हिमालहरुको आराहण शिविरसम्म जाने पदमार्गको स्तरोन्नती गरिनेछ। पदमार्गमा सञ्चार सुविधाको पहुँच बिस्तार गर्न बजेट व्यवस्थापन गरिएको छ ।

उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालय ट्रेलको लागि ३३ करोड रुपैयाँ विनयिोजन गरिएको छ। छिमेकी मुलुक भारत र चीनबाट पर्यटक आगमन वृद्धि गर्न सीमावर्ती शहर, ठूला र शैक्षिक शहरहरुमा पर्यटन मेला तथा रोड शोजस्ता विशेष कार्यक्रमहरु नेपाल पर्यटन बोर्डमार्फत सञ्चालन गरिने पनि बजेटमा उल्लेख छ ।

सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पाहरुको शाहसीक पहिचान झल्कने संग्रहालय स्थापना गरिने, ५ सय भन्दा बढी पुराना हिमाली गुम्बाहरुको संरक्षणको लागि हिमाली गुम्बा संरक्षण कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

पर्यटकीय गन्तव्यमा खानेपानी, इन्टरनेट, शौचालय, साइकल लेन लगायतको उपलब्ध गराउने प्रवन्ध मिलाउने, त्रिभूवन विमानस्थलको व्यवस्थापन गर्न ट्याक्सी वे र दोस्रो टर्मिनल भवन निर्माणका लागि २ अर्ब २० करोड विनियोजन गरिएको छ । हवाई चाप र यात्रुको विश्लेषणको आधारमा गौतमबुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य बढाइने पनि बजेटमा उल्लेख छ ।

धनगढी विमानस्थललाई स्तरोन्नती गरी क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्न सम्भाव्यता अध्ययन गरिने, सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको कार्य अघि बढाइने, उदयपुर विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिने बिषयलाई बजेटले समेटेको छ ।

प्रतिक्रिया