ट्रक र मिनिट्रक एक आपसमा ठोक्किँदा आगलागी

मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत ३ नम्बर पुलमा ट्रक र मिनिट्रक एक आपसमा ठोक्किँदा आगलागी भएको छ । आज दिउँसो हेटौंडाबाट बारा तर्फ जाँदै गरेको ना ६ ख ३२८६ नम्बरको ट्रक र पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको ना ६ ख ४२४२ नम्बरको मिनि ट्रक ३ नम्बर पुलमा एकआपसमा ठक्कर खाँदा ट्रकमा आगलागी भएको छ ।

आगलागीबाट ट्रकमा क्षति भएको छ । मकवानपुर र बारा प्रहरीको सहयोगमा हेटौंडाबाट गएको वारुण यन्त्रले आगलागी नियन्त्रणमा गरेको हो । दुर्घटनाबाट पूर्व पश्चिम राजमार्ग केहि समय अवरुद्ध भएको थियो । दुर्घटनाबाट कुनै मानविय क्षति नभएको र दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया