‘इच्छुक’ को योगदानको स्मरण

काठमाडौं । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीद्वारा कृष्ण सेन ‘इच्छुक’को २०औँ स्मृति दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गरिएको छ ।
कार्यक्रममा वक्ताले लेखनका माध्यमबाट शोषण र उत्पीडनमा परेका वर्ग तथा समुदायका आवाजलाई ‘इच्छुक’ले आम जनमानसमा ल्याउनुभएकामा जोड दिए । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष राजकाजी गुरुङले निर्भिकताका साथ लेखनका माध्यमबाट सामाजिक चेतनाको अभिवृद्धिमा इच्छुकले गर्नुभएको योगदान सधैँ स्मरणीय हुने बताए ।

प्रेस सेन्टर नेपालका सल्लाहकार कोमलनाथ बरालले समाजको रुपान्तरणमा कलमका माध्यमबाट योगदान गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण इच्छुक रहेको धारणा राखे । पेसागत हितलाई पत्रकारले सधैँ आत्मसात् गर्नुपर्नेमा जोड दिँदै उनले पत्रकारितामा दलीय नभई जनताको पक्षधरता हुनुपर्ने आवश्यकता औँल्याए ।

पत्रकार एवं साहित्यकार सुरेश रानाभाटले निर्भिकताका साथ जनताको पक्षमा कलम चलाउने इच्छुकको लेखन वैचारिक स्पष्टतासँगै मिठासपूर्ण रहेको चर्चा गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, प्रेस सेन्टर कास्की जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण दवाडी, सचिव पुष्प दाहाल, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका अध्यक्ष अर्जुन काफ्लेलगायतले निर्भिक लेखनका माध्यमबाट ‘इच्छुक’ले पु¥याउनुभएको योगदान सधैँ स्मरणीय रहने बताए ।

प्रतिक्रिया