दुई वर्षदेखि स्थगित भएको कोरियन भाषाको परिक्षा जेठ २६ बाट सुरु हुँदै

काठमाडौं । दुई वर्षदेखि स्थगित भएको कोरियन भाषाको परिक्षा १९ जेठदेखि–३ असारमासम्म सञ्चालन हुने भएको छ ।स्थानिय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परिक्षा जेठ २६ गतेबाट सुचारु गर्न लागिएको हो ।

२६ बैशाख २६ गते सञ्चालन हुने गरी यसअघि मिति तोकिएका भएपनि स्थानिय तह निर्वाचनक कारण स्थगित भएको परिक्षा तीन सिफ्टमा सञ्चालन हुनेछन ।

बैदेशिक रोजगार बिभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परिक्षार्थीलाई परिक्षा दिन मिल्ने गरी विभागले तयारी गरिरहेको छ ।

कोरियन भाषा परिक्षामा उर्तिणहरु मध्ये ६ हजार ९ सय ९३ उत्पादनमुलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरुलाई यसै बर्ष दक्षिण कोरिया पठाउने गरी परिक्षा लिन लागिएको हो । वैदेशिक रोजगारका लागि आकर्षक मानिएको

दक्षिण कोरियामा जानका लागि ४३ हजार भन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ । हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन् भने पछिल्ला दुई वर्षमा विश्वब्यापारी महामारी कोरोना संक्रमणका कारण परिक्षा हुन नसके पनि सन् २०२२ मा भने नेपालीलाई लान कोरिया मञ्जुर देखिएपछि परिक्षा सुरु गर्न लागिएको हो ।

प्रतिक्रिया