प्रतिनिधिसभा बैठक आज ११ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बिहान ११ बजे प्रतिनिधिसभा बैठक भवन नयाँ बानेश्वरमा बैठक बस्‍ने भएको हो ।

बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् ।

प्रतिक्रिया