रोजगारी सृजनासँगै नमुना वडा बनाउने मुख्य जिम्मेवारी छ : आचार्य

कालकिोट । खाँडाचक्र नगरपालिका ४ का वडाध्यक्ष प्रभानन्द आचार्यले रोजगारीका अवसरसँगै नमुना वडा बनाउने मुख्य जिम्मेवारी रहेको बताएका छन् । सौर्यसँग कुरा गर्दै वडाध्यक्ष प्रभानन्द आचार्यले जिम्मेवारी पाइसकेपछी पहिलो प्राथमिकतामा शिक्षा स्वास्थ्य आत्मनिर्भर हुने खालका रोजगारी दिने बताएका हुन् । समग्र वडाको विकासका लागि आफु लागि पर्ने उनले बताए ।

उनले भने, ‘नगरपालिकाको स्रोत र साधन मेरो बुद्धि र क्षमताले भ्याय सम्म वडाको बिकासका लागि ५ बर्ष सम्म जनताको सेवक भएर काम गर्नेछु ।’ वडामा भएका बिकृती विसंगति बाल विवाह, बहुबिवाह जस्ता कुरितीलाई न्युनिकरण गर्न पहिलै देखि नै लागि परेको बताउदै अध्यक्ष आचार्यले अब नयाँ शैलीबाट दिगो बिकासका काम गर्ने बताएका छन् ।

उनले भने, ‘जनताले मलाई ५ बर्षका लागि वडाको अध्यक्ष पदमा निर्वाचित गरेका छन । वडा बाट हुने विकास निर्माणका काम मात्र नभएर वडाबाट दिने सेवा सुविधालाई पनि सहज रुपमा उपलब्ध गराउने छु ।’ पर्यटन विकासको लागि प्रदेश तथा केन्द्रसँग बजेट माग गरि पर्यटन विकासमा जोड दिने सोच बनाएको उनले बताए । जनाताको आशालाई कहिलै निराशामा परिणत नगर्ने उनको भनाई छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया