बालेन शाहको जितले मुलधारका दललाई बदलिन सन्देश दियाे : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरमा बालेन शाहको जितले मुलधारका दललाई बदलिन सन्देश दिएको बताएका छन् । जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु दलहरुको कर्तव्य भएको शर्माले बताए । ‘बदलिएको समय अनुरुप आफूलाई बदल्नु हामी राजनैतिक दल, नेतृत्व, व्यक्ती, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी हो’, सामाजिक सञ्जालमा शर्मा लेख्छन्, ‘काठमाडौ महानगरमा बालेनको विजयले हामीलाई यसका लागि जबर्जस्त दबाब सकारात्मक ढंगले दिएको छ ।’

मुख्य दलको शैली र प्रस्तुतिप्रति असन्तुष्ट मतदाताले ‘वैकल्पिक राजनीतिको नारा र दल’ नरोजेको उनले उल्लेख गरेका छन् । अवस्था प्रति रुष्ट मतदाताले व्यवस्थाको विकल्प नखोजेको शर्माको बुझाइ छ ।

प्रतिक्रिया