भगवतीमाईका निवर्तमान जनप्रतिनिधिको बिदाई

दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिकाले निवर्तमान जनप्रतिनिधिको बिदाई गरेको छ बिहीबार गाउँपालिकाको सभा हलमा एक कार्यक्रमका बिच ५ वर्षको कार्यकाल पूरा गरेका जनप्रतिनिधिहरूको बिदाई गरेको हो । स्थानीय तह निर्वाचन २०७४बाट चुनिएका जनप्रतिनिधिहरूले ५ वर्षको कार्यकाल पूरा गरी सकेका छन् ।

देश सङ्घीयतामा गएपछिको पहिलो स्थानीय चुनावबाट चुनिएका गाउँपालिका अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य तथा कार्यपालिका सदस्यको ५ वर्ष कार्यकाल सकिएपछि उनिहलाई कदर पत्र खादा ओढाएर बिदाई गरिएको भगवतीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले जानकारी दिए ।
जिल्लाका ११ स्थानीय तहमा मध्य छुट्टै पहिचानको रूपमा रहेको गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षमा दानबहादुर थापा र उपाध्यक्षमा चन्द्रा रेग्मीले नेतृत्व गरिरहेका थिए ।

‘व्यावसायिक कृषि, पर्यटन र पूर्वाधार: समृद्ध भगवतीमाई गाउँपालिकाको आधार’ भन्ने मूल नारा राखिएको गाउँपालिकाको ५ वर्ष बितिसकेको छ । ५ वर्ष अघिको अवस्थामा नाम मात्रैको गाउँपालिका रहेकोमा अब गाउँपालिकालाई आवश्यक पर्ने पूर्वाधार पूरा भएको गाउँपालिकाको ऐतिहासिक प्रथम कार्यकालका जनप्रतिनिधिहरूको सम्मान तथा बिदाई कार्यक्रमका प्रमुख अतिथि तथा निवर्तमान गाउँपालिका अध्यक्ष दानबहादुर थापाले बताएका छन् ।

उनले कार्यक्रममा बोल्दै ५ वर्ष पहिले आफू निर्वाचित हुँदा बस्ने एउटा कुर्सी सम्मको व्यवस्था थिएन कहाँ बस्ने के गर्ने भन्ने कुराको कुनै जानकारी नभएको सन्दर्भमा आफ्नो नेतृत्वमा गाउँपालिकालाई समृद्ध बनाउने क्रममा धेरै कामहरूको थालनी भएको र नयाँ जनप्रतिनिधिहरूले त्यसलाई आत्मसाथ गर्दै जानुपर्ने धारण राखे उनले थपे ५ वर्षको अवधिमा सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, सङ्घ संस्था, नागरिक समाज सबैलाई धन्यवाद छ ।

मेरो कार्यकालमा कर्मचारी तथा वडा अध्यक्षहरूले दिनरात नभनी काम गरेकाले गाउँपालिकालाई जिल्ला को दोस्रो र प्रदेशकै तेस्रो स्थानमा पार्न सफल भएका थियौँ । अन्य पालिकाहरूले प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरिरहँदा भगवतीमाई गाउँपालिकामा भने ५ वर्षको कार्यकालमा ३ जना मात्र प्रमुख प्रशासकीय अधिकृतको परिवर्तन भएको थापाले जानकारी दिए । भगवतीमाई गाउँपालिका बनाउन आफ्नो कार्यकालमा सबै कार्यपालिका बैठकहरू विवाद रहित भएकोले आफूहरू कुनै मुद्दा खेपेर कहीँ कतै कठघरामा उभिनु नपरेको अनुभव सुनाउँदै नयाँ प्रतिनिधिहरूलाई गाउँपालिकाको समृद्धिको लागि सबैको साझा भएर काम गर्न अनुरोध गरे ।

बिदाई कार्यक्रमको समापनमा समारोहमा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा निर्वाचित गाउँपालिका अध्यक्ष गणेश बहादुर थापाले गाउँपालिका बनाउने सन्दर्भमा अधुरा रहेका कामहरूलाई पूरा गर्दै नयाँ कामहरूको थालनी गरिने बताए । उनले भने आज बिदाई भएर जाने जनप्रतिनिधिहरुसंग भएको अनुभव हाम्रा लागि मार्गदर्शक बन्ने भएकाले उहाँहरू सँग सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय निर्वाचन २०७९ बाट भगवतीमाई गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट गणेश बहादुर थापा र उपाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट मिना खड्का (थापा) निर्वाचित भएका छन् ।

प्रतिक्रिया