जथाभावी फोहोर नफाल्न मेयर भामको अनुरोध

मुगु । छायाँनाथ रारा नगरपालिकाका प्रमुख बिष्णुकुमार भामले जथाभावी फोहोर नफाल्न आग्रह गरेका छन् । मुगु सदरमुकाम गमगढी बजारमा जताततै फोहर थुप्रिएर बजारमा नाक थुनेर हिँड्नुपर्ने अवस्थालाई मध्यनजर गरेर नगरप्रमुख भामले प्रत्येक घर पसल, होटलमा गए जथाबाभी फोहोर नफाल्न आग्रह गरेका हुन् ।

सानै देखि समाज सेवामा तल्लिन कर्णाली प्रदेशका कान्छा मेयर बिष्णुकुमार भाम छायाँनाथ रारा नगरपालिकाको नगर प्रमुखमा विजय भएसंगै कामको सुरुवात गरेका हुन् । वडाध्यक्ष हुँदा गाउँको सरसफाइमा अभियान चलाउदै आएका भामले मेयर भएसँगै समग्र नगरपालिका र बजार सरसफाईको फोहोर व्यवस्थापनमा चासो देखाएका छन् ।

बिहिबार सदरमुकाम गमगढी बजार बजारका हरेक घर, पसल, होटलमा आफै गहेर मेयर भामले बजार बासी लाई फोहोर जथाबाभी नफाल्न आग्रह गदै घरदैलो अभियान गरेरका छन् । स्थानीयको घरदैलो अभियान गरेर मेयर भामले ढल निकासमा जथाबाभी फोहोर नफाल्न र घरको कुनै डस्बिन बनाएर फोहोर व्यवस्थित राखि नगरपालिकाको फोहोर बोक्ने गाडीमा फाल्न समेत अनुरोध गरे ।

ढल बजारको पानी निकासको लागि बनाइएको होइन । तर अहिले माथिल्लो बजारको पानीपनी त्यहि ढलमा मिसाइएको छ । मुख्य ढलबाट पानी सहजै निकाश हुन नसक्दा बजारमा दुर्गन्ध फैलिएको छ । बजारक्षेत्रमा डम्पीङ साईड बनाईएको र नगरपालिकाले गाडीको ब्याबस्थापनका साथै बजार सरसफाईका लागि १३ जना सहर्जकता राखिएका हरेक नागरिकलाई जानकारी सहित प्रत्येक घरको ढोका पुगेर फोहोर ब्याबस्थापनमा हातेमाले गर्न अनुरोध गरेको नगरप्रमुख भामले बताए । फोहोरले पानीजन्य रोग फैलिने खतरा बढ्दै जाने देखिएपछि नगरपालिकाले पहिलो प्रथामिकतामा फोहोर व्यवस्थपनमा चासो देखाएको नगर प्रमुख भामले बताए ।

प्रतिक्रिया