दुर्गाथली गाँउपालिकामा योजनाहरुको स्टमेट नेपाली भाषामा बनाउन आग्रह

बझाङ । बझाङको दुर्गाथलि गाँउपालिकाबाट सम्पन्न हुने योजनाहरुको स्टमेट अबदेखि नेपालीमा बनाउन प्राविधिक टोलिहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार एक कार्यक्रमकाबीच नवनिर्वाचित गाँउपालिका अध्यक्ष दिलबहादुर थापा (तुफान) ले आफ्नो पालिकाभित्रका योजनाहरुको स्टमेट सबैले जान्ने–बुझ्ने गरी नेपाली भाषामा बनाइदिन पालिकाका प्राविधिकहरुलाई आग्रह गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष थापाले सबैले अङ्ग्रेजी भाषा नबुझ्ने भएका कारण योजना सम्पन्न हुँदा सबैले वुझ्ने गरी नेपाली भाषामा स्टमेट बनाउँदा काम गराउनेलाई पनि सजिलो र काम गर्नेलाई पनि सजिलो हुने भएका कारण नेपाली भाषामा इस्टमेट बनाईदिन आग्रह गरेको बताए ।

थापाले यसअघि राज्यबाट प्राप्त वृद्ध भत्ता, एकल महिला भत्ता, सामाजिक सुरक्षा, भत्ता जस्ता भौगोलिक विकटताका कारण बैंकसम्म पुग्ने नसक्ने भएका कारण पालिकाका कर्मचारीले घर–घरमा गएर भत्ता बुझाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया