काठमाडौं महानगर–१३ मा एमाले विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका– १३ मा नेकपा (एमाले) विजयी भएको छ ।

एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी ३ हजार १२४ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्र मानन्धनरले २ हजार ६५४ मत पाए ।

महिला सदस्यमा एमालेकी रजनी महर्जन धौबन्जार, दलित महिला सदस्यमा पनि एमालेकै मैयाँ देउला विजयी भएका छन् । खुल्ला सदस्यमा पनि एमालेका रुपेश महर्जन र रामबाबु कोइराला विजयी भए ।

महानगरको अन्तिम मतपरीणाम आउन बाँकी छ । अहिले वडा नम्बर १४, १५ र १६ को मतगणना जारी छ ।

प्रतिक्रिया