नवरत्नको ‘फ्री हेड मसाज क्याम्प’

काठमाडौ । नौ आयुर्वेदिक जडिबुटीको समिश्रणबाट तयार पारिने नवरत्न तेललाइ अझ बढी उपभोक्ता माझ पु¥याउने लक्ष्यका साथ ‘नवरत्न आयल फ्री हेड मसाज क्याम्प’ यो वर्ष पनि सञ्चालन गरिने भएको छ । काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरू पोखरा, नेपालगन्ज, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणघाट, हेटौंडा, भरतपुर, धरान लगायत अन्य शहरहरूमा सञ्चालन गरिने यो निः शुल्क मसाज क्याम्प १ सय ५० दिनसम्म सञ्चालन हुनेछ ।


क्याम्प सञ्चालनका सम्बन्धमा जानकारी दिँदै नवरत्न तेलका ब्राण्ड प्रबन्धक विकास तिवारीले भने, ‘हाल नेपालमा कोरोना महामारीको अवस्था लगभग शून्य छ । विगतमा महामारीकै कारण यो क्याम्प सञ्चालन गर्न असमर्थ भएपनि अहिले फेरि क्याम्प संचालनका लागि अग्रसर भएका छौं ।’ विशेष गरेर टाउको र शरीर दुवैको लागि मालिस गर्न उपयुक्त यो तेल महिला र पुरुष दुवै वर्गको लागि उपयुक्त भएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया