नीति तथा कार्यक्रममा सतही भयो, वास्तविकतालाई सम्बोधन गरेन : एमाले

काठमाडौं । नेकपा (एमाले)ले सरकारको नीति तथा कार्यक्रम सतही भएको टिप्पणी गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वास्तविकतालाई सम्बोधन गर्ने भन्दा पनि सतही देखिएको बताएका हुन् । उनले नीतिमा भन्दा पनि कार्यक्रममा आधारित भएको पनि बताएको एमाले सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘नीति तथा कार्यक्रम अहिलेको वास्तविकतालाई सम्बोधन गर्ने, मुलुकको वास्तविक चित्र प्रस्तुत गर्ने भन्दा पनि ज्यादा सतही छ,” ओली भनाइ उदृत गर्दै भट्टराईले भने, ‘यो नीतिमा आधारित भन्दा पनि कार्यक्रममा आधारित जस्तो देखियो । नीतिहरू त्यसमा खुलेनन् ।’

ओलीले सांसदहरूलाई व्यवस्थित, तरिकाले नीति तथा कार्यक्रमको चिरफार गरेर संसद्मा प्रस्तुत हुन पनि निर्देशन दिएका छन् । नीति तथा कार्यक्रमको छलफलमा प्रतिपक्षको तर्फबाट ओली पहिले बोल्ने भएका छन् ।

प्रतिक्रिया