बफर स्टक नहुँदा मल अभाव

काभ्रे । जिल्लामा शाखा कार्यालय रहेको कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेलमा किसानले प्रयोग गर्ने मल अभाव हुन थालेको छ । सो कार्यालय मार्फत वितरण हुँदै आएको तीन जिल्लालाई दिने गरी १० हजार टन तीनपटक गरी आउने आउँदा पनि अपुग देखिएको छ । तर, हालै भने मंसिरदेखि हालसम्म खासाबाट १ हजार ५१ टन मल आएको शाखा प्रबन्धक बासुदेव शर्माले बताए ।

उनले भने प्रदेश मन्त्रालयले कार्यविधिअनुसार मलको कोटा बाँडफाँड गरिएको छ । डिलर संख्याको उपस्थिति र ठाउँ आधारमा मल वितरण गरिँदै आएको बताए । यस्तो वितरण प्रणाली तोकिएको भए पनि काभ्रे जिल्लाका किसानको मागलाई भने पूर्ण रूपमा सम्बोधन गर्न नसकेको तेमाल–२ का बिरनन्द तामाङले बताए ।

डिलरको रूपमा कम्तीमा दुई वर्ष सो स्थानमा केन्द्रित रहेको सहकारी मानिन्छ । काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरी चार सयको हाराहारीमा डिलर संख्या रहेको बताउँदै शर्मा भन्छन्, सुनापति गाउँपालिका दोलखाको शैलुङ गाउँपालिका र दोरम्बामा समेत यहाँबाट मल वितरण हुन्छ । भने अरू सिन्धुलीबाट वितरण हुन्छ । मलको माग हुने मध्ये सिजन भए पनि यसको अनुदानको आफ्नै तरिका भएको र ढुवानीको कारण पनि यसमा केही थप समस्या आइरहको छ कुराकानी गर्दै उनले भने । राज्यले मल खपत हुनेको २५ प्रतिशत बफर स्टक नराख्दासम्म मल अभाव नै हुन्छ ।

काभ्रेमा साल्ट ट्रेनिङ ३० प्रतिशत र कृषि सामग्रीले ७० प्रतिशत मल बिक्री वितरण गर्दै आएको छ । ‘यो मलको अत्यधिक माग हुने सिजनलाई हाम्रोमा मात्रै पाँच हजार टन मल आवश्यक चाहिन्थ्यो’, शर्माले भने, ‘हामीले यो बीचमा पनि खासै मल बेचेनौँ बीचमा चुनाव अघि वैशाख १५ अघि नै भाग लगाइएका ७० टन मलहरू अहिले चुनाव पछि वितरण भइरहेको छ । त्यो बाहेक हामीसँग अहिले मल दिनलाई नयाँ आएको छैन । यो बीचमा खासाबाट चार गाडी मल आएर बाटोमा बसेको छ त्यो न आई हामीसँग अहिले मल छैन । एक हप्तामा यो सबै सकिन्छ ।’

हालसम्म यो वर्ष ४ सय ९२ टन डिएपी बेचेका छौँ, कोटाअनुसार मल पनि आएको छैन, मलका लागि छुट्याइएको बजेट ढुवानी गर्ने बले महँगिदा पनि यसमा समस्या आइरहेको हो । यो बीचमा खासाबाट चार गाडी ८० टन मल आएर बाटोमा बसेको छ त्यो नआई हामीसँग अहिले मल छैन । हाल ८० टन मल युरिया छ । तर पोटास मल र खासाबाट आउने मल नआई त्यो वितरण गर्न सकिँदैन । १ सय ४३ टन युरिया र १ सय ७५ टन डिएपी छ । सामग्री कम्पनीमा हाल युरिया ८ सय ९७ रुपैयाँ छ । यसमा १२ रुपैयाँ लोड अनलोड गरेको चलनचल्तीको ढुवानी भाडा र डिलरले बढीमा प्रतिकिलो एक रुपैयाँ राख्न पाउने प्रावधान छ ।

काभ्रेका १३ तहका डिलरहरू तेमाललाई २०/२५, रोशी ३०/२५, चौँरीदेउराली ३०/२५, भुम्लु २५/२५, र नगरपालिकालाई ३५ र १५ छ । जसमा पाँचखाल, बनेपा, धुलिखेल, नमोबुद्ध मण्डन १२ युरिया /३० डिएपी, बेचानचोक ३५/२५, महाभारत ३५/२५, खानीखोला ८०/२५ रहेको छ । किसानले चिनी मल लिक्युड मललगायत वैकल्पिक मल प्रयोगमा आकर्षण नभएपछि पनि मलको अभाव थप चुलिएको बताइन्छ ।

प्रतिक्रिया