मूल्यवृद्धि विरुद्ध सडकमा चिया पकाउँदै प्रदर्शन

हेटौँडा । नेकपा एमालेको विभिन्न भातृ संगठनहरुले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् ।

हेटौँडाको सीमाचोकबाट बुद्धचोकसम्म मोटराइकल डोहोर्याउँदै र ग्यासको सिलिन्डर बोकेर प्रदर्शन गरेका थिए ।

त्यसैगरी उनीहरुले सडकमा नै आगो बालेर चिया पकाएर प्रदर्शन गरेका थिए ।

एमालेको भातृ संगठन अनेरास्ववियु, नेपाल खेलकुद महासंघ लगायतको संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका थिए ।

उनीहरुले ‘गठबन्धन सरकार जनतालाई मूल्य वृद्धि उपहार, मैले पकाएर खाएको पनि देखि सकेनौ है सरकार’ लगायतका नाराहरु लगाएका थिए ।

प्रतिक्रिया