मूल्यवृद्धि बिरोधमा हेटौँडामा फरक शैली, सडकमै दाउरा बालेर चिया पकाएर प्रदर्शन

मकवानपुर । मकवानपुरको हेटौंडामा फरक शैलीमा विरोध प्रदर्शन गरिएको छ । सरकारले हप्तैपिच्छे पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि गरेपछि आज साँझ हेटौंडाको बुद्धचोकमा सडकमै दाउरा बालेर चिया पकाएर प्रदर्शन गरेका छन् ।

अनेरास्ववियु, राष्ट्रिय युवा संघ, नेपाल खेलकुद महासंघ, मुस्लिम ईत्तेहाद संघ लगायत जनवर्गिय संगठनहरुले सडकको बीच भागमा मूल्यवृद्धि विरुद्ध फरक शैलिमा विरोध प्रदर्शन गरेका हुन् । सिमाचोकबाट मोटरसाईकल डोर्याउदै उनिहरुले सामान्य नागरिकले खाना पकाउने ग्याँस खरिद गर्न नसकिने गरि मूल्यवृद्धि भएको संकेत गर्दै प्रदर्शनमा मूल्यवृद्धि फिर्ता गर, सडक हामी तताउंछौ मूल्यवृद्धि घटाउँंछौ, परमादेशी सरकार राजिनामा दे, लगायतको प्ले कार्ड बोकेका थिए ।

सरकारले गरेको मूल्यवृद्धि विरुद्ध देशभर प्रदर्शन भईरहेको छ । सरकारले आइतबारबाट पेट्रोल र डिजेलमा प्रतिलिटर १० र १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको थियो । यो संगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ र ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया