मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आज अपराह्न बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया