सेयर बजारमा दोहोरो अंककाे सुधार

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । सेयर बजार १६.३२ अंकले बढेर २२१७.१९ बिन्दुमा पुगेर रोकिएको छ । साताको पहिलो कारोबार दिन सोमबार भने नेप्से घटेको थियो । मंगलबार कुल २२४ कम्पनीको कारोबार भएको छ ।

कुल २१ हजार ७०९ वटा कारोबार भएको यस दिन ३१ लाख ७३० कित्ता सेयर किनबेच भएको छ । मंगलबार १ अर्ब ८ करोड ८८ लाख ३३२ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार व्यापार र म्यूचअफ फण्डबाहेक सबै उपसमूहको मूल्य बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूहका लगानीकर्ताले कमाए ।

मंगलबार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.९५ प्रतिशतले बढेर १३१६ रुपैयाँ पुगेको छ । माथिल्लो तामाकोशीको ५.५८ प्रतिशतले वृद्धि भई ५०८ रुपैयाँ सेयर मूल्य पुगेको छ । विजय लघुवित्त, हिमालय उर्जा विकास कम्पनी, नारायणी विकास बैंकसहितका कम्पनीको भने सेयर मूल्य बढेको छ । कर्पोरेट विकास बैंकको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लाग्यो ।

प्रतिक्रिया