महंगीविरुद्ध संसदमा दर्ता भयो जरुरी सार्वजनिक महत्वको प्रस्ताव

एमालेका प्रमुख सचेतक बिशाल भट्टराई, राप्रपाका संसाद राजेन्द्र लिङदेन र एमाले संसाद यज्ञराज सुनुवार र गणेश पहाडी

काठमाडौं । संसदको जारी अधिवेशनमा मंगलबार दिउसो सरकारले राष्ट्रपति मार्फत सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । तर संसदको बैठकमा नीति कार्यक्रम भन्दा पहिला मंहगी विरुद्ध छलफल गर्न एमाले र राप्रपाका सांसदले संयुक्त जरुरी सार्बजनिक महत्वको प्रस्ताव पेश गरेका छन् ।

प्रस्तावमा सरकारले देशमा उत्पन्न मुद्रास्फितिलाई रोक्नुको साटो मंहगी बढाएको, एकै सातामा दुइ पटक पेट्रोलियम पदार्थको मुल्य बढाएर गैर संवैधानिक काम गरेको, प्रस्तावमा उल्लेख छ । जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बिभिन्न कारणले आवश्यक भएको पनि प्रस्तावमा उल्लेख छ। सो प्रस्तावमा मििहनामा दुई पटक मात्र पेट्राेलियम पदार्थको मुल्य समायोजन गर्नुपर्नेमा महिनाको चार पटक सम्म गरिएको कारण समेत माग गरिएको छ ।

संसद सचिवालयमा मंगलबार दर्ता भएको सो प्रस्तावको दर्ता नं १ रहेको छ। सो प्रस्तावको मुख्य प्रस्तावकमा एमालेका प्रमुख सचेतक बिशाल भट्टराई, र समर्थकमा एमाले संसादहरु यज्ञराज सुनुवार, गणेश पहाडी र राप्रपाका संसाद राजेन्द्र लिङदेन छन् । प्रस्ताव कसरी कहिले छलफल गर्ने भन्ने बिषयमा कार्यब्यबस्था परामर्श समिति, सभामुख र सरकारबीचको छलफलपछि तय हुन्छ ।

प्रतिक्रिया