छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

काठमाडौं । छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबेलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कलेजका शिक्षक जनार्दन अधिकारीलाई नियन्त्रणमा लिइएको हो ।

उनले कलेजका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । शिक्षकमाथि कारबाहीको माग गर्दै आज बिहान कलेज परिसरमा विद्यार्थीहरूले प्रदर्शन समेत गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया