एमालेले पुन:मतगणनाकाे माग राखेपछि पोखरामा मतगणना रोकियो

फाइल तस्विर

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा नेकपा एमालेले पुन:मतगणना माग राखेपछि समस्या भएको छ । मतगणनास्थलमा एमालेका प्रतिनिधिहरू उपस्थित नभएपछि गणना रोकिएको मुख्य निर्वाचन आयोग पोखराले जनाएको छ । जसले गर्दा पोखराको २२, ३२ र ३३ को गणना रोकिन पुगेको छ । विजय र्‍याली निकाल्न तयार गठबन्धन दलहरु गणना रोकिएपछि अन्योलमा परेका छन् ।

एमालेले पोखराको १८ र ३१ नम्बर वडामा पुन:गणना माग गरेको छ । ३१ मा मुचुल्का गरेको भन्दा ३ र १८ मा ९ मत कम देखिएकोले पुन:गणना माग गरिएको एमाले पोखरा नगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले बताए ।

निवेदन एमाले प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले दिएका हुन् । ३१ मा ४ हजार ४८१ खसेकोमा गणना गर्दा ३ मत नपुगेको एमालेको जिकिर छ । त्यहाँ एमाले वडाअध्यक्ष १६१ ले पराजित भएको थियो । वडा नम्बर १८ मा कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएका थिए। १८ मा ४ हजार ३४८ मत खसेको थियो ।

प्रतिक्रिया